मानुषी लघुवित्तको सञ्चालक समितिमा फेरबदल


मानुषी लघुवित्तमा सञ्चालक परिवर्तन भएका छन् ।

मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार भएका लघुवित्तका सञ्चालक विनोद बजगाईले कात्तिक १५ गते राजिनामा दिएका थिए ।

लघुवित्तको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले बजगाईको राजिनामा स्वीकृत गर्दै सर्वसाधारण सेयरधनी तारा प्रसाद रिजाललाई लघुवित्तको सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।