चालु आर्थिक वर्षमो पहिलो त्रैमासमा डिप्रोक्स लघुवित्तले ९ करोड ९१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले १७ करोड १७ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद नाफा झण्डै ४३ प्रतिशतले घटेको हो ।
खुद ब्याज आम्दानीमा आएको गिरावटसँगै इम्पेरिमेण्ट चार्जमा आएको बढोत्तरीले लघुवित्तको खुद नाफा प्रभावित भएको हो । लघुवित्तको यस्तो शीर्षकको रकम ३ करोड ९५ लाख रुपैयाँ छ ।
लघुवित्तको खुद ब्याज आम्दानी, कुल सञ्चालन आम्दानी तथा सञ्चालन मुनाफाका शीर्षकहरु घटेका छन् ।
नाफामा आएको गिरावटसँगै लघुवित्तको प्रतिशेयर आम्दानी ६० रुपैयाँ ५ पैसाबाट ३५ रुपैयाँ ३४ रुपैयाँ २९ पैसामा झरेको छ । मूल्य आम्दानी अनुपात २६.३ गुणाले बढी रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ २७५ रुपैयाँ २८ पैसा छ ।
१ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ सञ्चित छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया