ब्याज आम्दानी बढ्दा पनि एनएमबि लघुवित्त नोक्सानीमा


एनएमबि लघुवित्त चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नोक्सानीमा गएको छ । ब्याज आम्दानी बढ्दा पनि अरु शीर्षकमा सुधार नहुँदा लघुवित्त नोक्सानीमा गएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्त ८० लाख १० हजार रुपैयाँ नोक्सानीको अवस्थामा पुगेको हो । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी, कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफामा आएको गिरावटका कारण लघुवित्तले खुद नाफा कमाएन नसकेको हो ।

व्याज आम्दानी बढे पनि व्याज खर्चको बृद्धि अधिक भएका कारण लघुवित्तको खुद ब्याज आम्दानी साढे २२ प्रतिशतले घटेको छ । फि, कमिशन तथा डिस्काउण्ट झण्डै ४६ प्रतिशतले घटेको लघुवित्तको कुल सञ्चालन आम्दानी साढे २४ प्रतिशतले घटेको छ ।

निष्क्रृय कर्जा अनुपात २.३१ प्रतिशतबाट ५.६८ प्रतिशत पुगेको लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ५५ लाख रुपैयाँ छ ।

प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ २४ पैसा रहेको लघुवित्तको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८९ पैसाले ऋणात्मक छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।