सन नेपाल लाइफले सार्वजनिक गर्‍यो नयाँ बोनसदर, अधिकतम ७५ रुपैयाँसम्म पाइने

0
Shares

सन नेपाल लाइफले बीमितलाई दिनेगरी न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको नयाँ बोनसदर सार्वजनिक गरेको छ ।  नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट कार्तिक २० गते आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमङ्कीय प्रतिवेदन स्वीकृत भएसँगै कम्पनीले नयाँ बोनसदर निर्धारण गरी सार्वजनिक गरेको हो ।

इन्स्योरेन्स कम्पनीले विभिन्न ७ वटा जीवन बीमा प्रडक्टहरुमा बीमा अवधि अनुसार फरक–फरक बोनस दर घोषणा गरेको छ । उक्त बोनसदर कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङ्कीय मूल्यांकन सार्वजनिक नभएसम्मको लागि लागू हुने कम्पनीले जनाएको छ ।

यस्तो छ कम्पनीको नयाँ बोनसदर–

१. सन लाइफ सार्वधिक जीवन बीमालेख

कम्पनीले सनलाइफ सार्वधिक जीवन बीमालेख मा न्युनतम प्रतिहजार ३० देखि ७५ रुपैयाँसम्मको बोनसदर निर्धारण गरेको छ । यस बीमालेख अन्तर्गत १५ देखि १९ वर्ष अवधिमा सबैभन्दा धेरै १४ हजार ५९७ वटा बीमालेख बिक्री भएको छ । जसमा प्रतिहजार ३५ रुपैयाँ बोनस प्राप्त हुनेछ ।

  • ९ वर्षसम्मः– प्रतिहजार ३० रुपैयाँ बोनस
  • १०–१४ वर्षसम्मः– प्रतिहजार ३० रुपैयाँ बोनस
  • १५ देखि १९ वर्षसम्मः– प्रतिहजार ३५ रुपैयाँ बोनस
  • २० देखि २४ वर्षसम्मः– प्रतिहजार ६० रुपैयाँ बोनस
  • २५ वर्ष सो सोभन्दा बढीः– प्रतिहजार ७५ रुपैयाँ बोनस

२. भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक)

कम्पनीले भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक) मा न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर तोकेको छ । यस बीमालेख अन्तर्गत १५ देखि १९ वर्ष अवधिमा सबैभन्दा धेरै ३३८ वटा बीमालेख बिक्री भएको छ । जसमा प्रतिहजार ३५ रुपैयाँ बोनस प्राप्त हुनेछ ।

  • ९ वर्षसम्मः– प्रतिहजार ३० रुपैयाँ बोनस
  • १०–१४ वर्षसम्मः– प्रतिहजार ३० रुपैयाँ बोनस
  • १५ देखि १९ वर्षसम्मः– प्रतिहजार ३५ रुपैयाँ बोनस
  • २० देखि २४ वर्षसम्मः– प्रतिहजार ६० रुपैयाँ बोनस
  • २५ वर्ष सो सोभन्दा बढीः– प्रतिहजार ७५ रुपैयाँ बोनस

३. बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा)

कम्पनीले बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा) मा न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । यस बीमलेख अन्तर्गत १५ देखि १९ वर्ष अवधिमा सबैभन्दा धेरै १९ हजार ७४१ वटा बीमालेख बिक्री भएको छ । जसमा प्रतिहजार ३५ रुपैयाँ बोनस प्राप्त हुनेछ ।

  • १०–१४ वर्षसम्मः– प्रतिहजार ३० रुपैयाँ बोनस
  • १५ देखि १९ वर्षसम्मः– प्रतिहजार ३५ रुपैयाँ बोनस
  • २० देखि २४ वर्षसम्मः– प्रतिहजार ६० रुपैयाँ बोनस
  • २५ वर्ष सो सोभन्दा बढीः– प्रतिहजार ७५ रुपैयाँ बोनस

४. नवीन आजीवन जीवन बीमा (सावधिक तथा आजीवन)

कम्पनीले नवीन आजीवन जीवन बीमा (सावधिक तथा आजीवन) बीमालेखमा न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ । यस बीमलेख अन्तर्गत १५ देखि १९ वर्ष अवधिमा सबैभन्दा धेरै ३ हजार ५०२ वटा बीमालेख बिक्री भएको छ । जसमा प्रतिहजार ३५ रुपैयाँ बोनस प्राप्त हुनेछ ।

५. सार्थक आजीवन जीवन बीमालेख (अग्रिम भुक्तानी तथा आजीवन)

कम्पनीले सार्थक आजीवन जीवन बीमालेख (अग्रिम भुक्तानी तथा आजीवन) का सबै अवधिका लागि समान प्रति हजार ३६ रुपैयाँ बोनसदर कायम गरेको छ ।

६. सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत)

कम्पनीले सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत) का लागि न्युनतम २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनसदर निधारण गरेको छ । यस बीमलेख अन्तर्गत १० देखि १४ वर्ष अवधिमा सबैभन्दा धेरै २६३ वटा बीमालेख बिक्री भएको छ । जसमा प्रतिहजार २० रुपैयाँ बोनस प्राप्त हुनेछ ।

  • १०–१४ वर्षसम्मः– प्रतिहजार २० रुपैयाँ बोनस
  • १५ देखि १९ वर्षसम्मः– प्रतिहजार २५ रुपैयाँ बोनस
  • २० वा सोभन्दा बढीः– प्रतिहजार ३० रुपैयाँ बोनस
  • ७. धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा

७. धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा

कम्पनीले धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनमा पनि न्युनतम २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनसदर निधारण गरेको छ । यस बीमलेख अन्तर्गत २० वा सोभन्दा बढी अवधिमा सबैभन्दा धेरै ६ हजार ४२४ वटा बीमालेख बिक्री भएको छ । जसमा प्रतिहजार ३० रुपैयाँ बोनस प्राप्त हुनेछ ।

  • ९ वर्षसम्मः– प्रतिहजार २० रुपैयाँ बोनस
  • १०–१४ वर्षसम्मः– प्रतिहजार २० रुपैयाँ बोनस
  • १५ देखि १९ वर्षसम्मः– प्रतिहजार २५ रुपैयाँ बोनस
  • २० वा सोभन्दा बढीः– प्रतिहजार ३० रुपैयाँ बोनस

कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको अन्त्यमा लेखापरीक्षण नगरिएको वित्तीय विवरण प्रकाशित गरेसँगै अनुमानित बोनसदर प्रस्ताव गर्दछन् । विवरणको लेखापरीक्षण पछि निस्किएको बोनसदर पुनः समितिमा प्रस्ताव गरिन्छ । यसरी कम्पनीहरुले पठाएको बोनसदरलाई समितिले पारित गर्ने गर्दछ । कम्पनीहरूले बोनसदर प्रति हजारका दरले वितरण गर्छन् । कम्पनीहरूको बोनसदरले कम्पनीको आर्थिक अवस्थालाई दर्शाउँछ ।

जीवन बीमा कम्पनीहरूले नाफाका आधारमा बोनसदर घोषणा गर्छन् । बोनसदर कम्पनीहरूले आर्थिक वर्ष सकिएपछि वार्षिक रूपमा घोषणा गर्छन् । कम्पनीहरूले बोनसदर प्रतिहजारका दरले वितरण गर्ने गर्दछन्  ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।