पुँजीका आधारमा ठूलो बन्न लागेका ग्लोबल आईएमई र बिओकेले मर्जर प्रस्ताव पारित गर्दै


मर्जरमा जाने अन्तिम सम्झौता गरेका बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले साधारण सभा बोलाएका छन् । मर्जर प्रस्तावका साथै लाभांश पारित गर्न दुवै बैंकले साधारण सभा बोलाएका हुन् ।

दुबै बैंकले आगामी मंसिर २३ गते शुक्रबारका दिन साधारण सभा आह्वान गरेका छन् ।

बैंक अफ काठमाण्डूले मर्जर प्रस्तावसँगै सुनधारास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बोलाएको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

ग्लोबल आइएमई बैंकले सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर गैह्रीधारामा बोलाएको साधारण सभाले मर्जर प्रस्तावसँगै ३ प्रतिशत बोनस शेयर र १०.६ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्दैछ ।

मर्जर सम्झौता गरेसँगै गत असार २ गतेदेखि दुवै बैंकको शेयर कारोबार स्थगित भएको थियो । धितोपत्र बोर्डले यस सम्बन्धि नयाँ निर्देशिका जारी गरे पनि बैंकहरुले सेयर कारोबार खुलाएका छैनन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।