सिद्धार्थ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, १२ करोड २० लाख वितरण गर्ने

0
Shares

सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको कार्तिक २९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँको ९.४७३७ प्रतिशतले हुन आउने कर समेत १२ करोड २० लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समिति बैठकबाट प्रस्तावित नगद लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई इस्योरेन्सको आगामी वार्षिक साधारण सभावाट पारीत भएपछि मात्र वितरण हुनेछ ।

साथै कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न पुस ९ गते साधारण सभा समेत डाकेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्स कम्पनीले मंसिर २७ गते एक दिन सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार मंसिर २६ गतेसम्म सेयरधनी पुस्तिकामा कायम हुन आउने सेयरधनीरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्जर प्रकृयामा रहेकाले दुबै कम्पनीके हाल सेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ । सिद्धार्थ इन्स्योरेन्सले प्रस्तावित बोनस सेयर एकिकृत कारोबार भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुने जनाएको छ ।

अघिल्लो आव २०७७/७८ बाट इन्स्योरेन्सले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवबाट बैंकले ६.३१६३ प्रतिशत कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।