एकल भुक्तानी र मनि ब्याक पोलिसीबाट पछि हटे बीमा कम्पनी

0
Shares

एकल बीमाशुल्क भुक्तानी र मनि ब्याक बीमा पोलिसीबाट जीवन बीमा कम्पनीहरु पछाडी हटेका छन् । यि पोलिसीले कम्पनीको क्यास फलोमा हिट गरे पछि कम्पनीहरु पछि हटेका हुन् ।

एकल बीमाशुल्क भुक्तानी र मनि ब्याक बीमा पोलिसी बिक्री गर्दा कम्पनीको कारोबार ठूलो देखिन्छ । तर, दिर्घकालिन रुपमा भने कम्पनी आर्थिक संकटमा पर्ने देखिएको छ । विगतमा प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले एकल बीमाशुल्क र मनि ब्याक बीमा पोलिसी आक्रमक रुपमा बिक्री गरेको थियो । जसका कारण कम्पनी आर्थिक संकटबाट गु्रजनु प¥यो । एशियन लाईफ इन्स्योरन्स कम्पनी र अहिले युनियन लाईफ इन्स्योरेन्स कम्पनीले पनि यही समस्याबाट ग्रुजिएको बीमा प्राधिकरणको दाबी छ ।

पछिल्लो समयमा एकल भुक्तानी बीमा पोलिसीलाई नेपाल बीमा प्राधिकरणले नजिकबाट निगरानी गर्दै आएको छ । प्राधिकरणले यो व्यवसायलाई कम गर्न कम्पनीहरुलाई ताकेता समेत गर्दै आएको छ । कम्पनीको आम्दानीको प्रभाव परेपछि केही कम्पनी स्वतस्फूर्त रुपमा ब्याक भएको प्राधिकरणको दाबी छ । केही कम्पनीले अझै पनि बिक्री वितरण गरी गरेको प्राधिकरणले जनाएको छ । यो अवस्था नियन्त्रण बाहिर गएमा प्राधिकरणले एक्सन लिने जनाएको छ ।

एकल भुक्तानी र मनी ब्याक पोलिसी भनेको के हो ?

एकल भुक्तानी बीमा पोलिसी भनेको बीमितले एकै पटक पुरै बीमाशुल्क भुक्तानी गर्नुपर्ने पोलिसी हो । जस्तै, कुनै व्यक्तिले १ करोड रुपैयाँको १५ बर्षेअवधिको एकल भुक्तानी बीमा पोलिसी खरिद गर्छ भने उसले खरिद गरेको बर्ष नै कम्पनीलाई एकै पटकमा सबै बीमाशुल्क भुक्तानी गर्नुपर्छ।

साधारण पोलिसीमा बार्षिक, अर्धबार्षिक रुपमा बीमाशुल्क बीमा अवधिभर भुक्तानी गरिन्छ भने यो पोलिसीमा एकै पटक पुरै रकम भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तो खालको १ करोड रुपैयाँको पोलिसी खरिद गर्दा बीमतिले औसतमा ६५ लाख रुपैयाँ बीमाशुल्क भुक्तानी गर्छन् ।

त्यस्तै, मनी ब्याक जीवन बीमा पोलिसीमा कम्पनीले बीमितलाई बीमा अवधि भित्रमा तीन पटकसम्म रकम भुक्तानी गर्छ । अधिकांश कम्पनीले प्रत्येक चार÷चार बर्षमा रकम भुक्तानी गर्छन् । सो अवधिमा कम्पनीले बीमा रकमको निश्चित प्रतिशत रकम भुक्तानी गर्दै जान्छन् ।

जस्तै, अधिकांश मनि ब्याक बीमा पोलिसी १२ बर्ष अवधिको हुन्छ । यदि कुनै बीमितले एक लाख रुपैयाँको १२ बर्ष अवधिको लागि मनि ब्याक बीमा पोलिसी खरिद गर्छ भने बीमितले पहिलो चार बर्षमा बीमा रकमको ३० प्रतिशत अर्थात् ३० हजार रुपैयाँ फिर्ता गर्छ । अर्को चार बर्षमा फेरी अर्को ३० प्रतिशत रकम भुक्तानी गर्छ । अर्थात् कम्पनीले आठ बर्षमा ६० हजार रुपैयाँ भुक्तानी गरि सकेको हुन्छ । बाँकी रहेको ४० प्रतिशत रकम बीमा अवधि सकिएपछि बोनस सहित एकमुष्ट रकम प्रदान गर्छ ।

किन जोखिम छ ?

एकल भुक्तानी र मनि ब्याक पोलिसी बीमितको लागि उपयोगी पोलिसी हुन् । तर, कम्पनीको लागि घाटाको व्यवसाय हो । एकल भुक्तानी पोलिसी खरिद गर्ने ९९ प्रतिशत बीमितले कर्जा लिने गर्छन् । बीमितले भुक्तानी गरेको बीमाशुल्कको ८५ प्रतिशतसम्म कर्जा लिन सकिने व्यवस्था छ । बीमितले पोलिसी खरिद गरेको ३१ दिनमा नै पोलिसी लिन पाउँछन् । यसरी पोलिसी खरिद गर्ने वित्तिकै बीमितले कर्जा लिए पछि पोलिसी विक्री गरे बापत कम्पनीसँग कुनै रकम रहँदैन ।

त्यस्तै, मनि ब्याक पोलिसीमा भने कम्पनीले बीमितलाई पटक पटक रकम भुक्तानी गर्ने हुँदा बिमितको लागि यो पोलिसी लाभदायी छ । तर, छोटो अवधिमा नै बीमितलाई बीमा भुक्तानी गर्नुपर्ने र एजेण्टलाई पनि कमिशन भुक्तानी गर्नुपर्दा कम्पनीसँग क्यास नै नरहने अवस्था रहन्छ । यसले गर्दा अन्तत कम्पनीको क्यास फलोमा हिट गर्छ ।

बीमा निश्चित अवधिको लागी गरिन्छ । उक्त अवधिसम्ममा बीमितले आफुले बीमा गर्न चाहेको रकम भुक्तानी गर्छ । यस्तो खालको भुक्तानी मासिक, त्रैमासिक, अर्धबार्षिक वा बार्षिक पनि हुन सक्छ । जस्तै बिमितले १५ बर्षे अवधिको लागी ५ लाख रुपैयाँको सावधिक बीमा ग¥यो भने उक्त अवधि भित्रमा ५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्छ । यदि बार्षिक भुक्तानी गर्ने हो भने १५ औं पटकमा उसले बीमांक रकम बीमा कम्पनीमा जम्मा गर्छ । १५ बर्ष पछि कम्पनीले बीमितले जम्मा गरेको रकम र उक्त रकमको १५ बर्षसम्मको बोनश सहित फिर्ता गर्छ ।

बीमितले भुक्तानी गरेको बीमाशुल्कलाई नै कम्पनीले विभिन्न क्षेत्रमा लगानी गरी नाफा आर्जन गरी बीमितलाई भुक्तानी गर्नुपर्छ । तर, एकल भुक्तानी र मनी ब्याक पोलिसीमा कम्पनीले बीमितबाट संकलन गरेको रकम तत्काल नै फिर्ता गर्नुपर्छ । त्यसैले यो पोलिसी कम्पनीको लागि घाटाको व्यवसाय भएको प्राधिकरणको दाबी छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।