चितवन क्षेत्र नं ३ को मतगणना सुरु


चितवन क्षेत्र नं ३ को प्रतिनिधिसभाको मतगणना सुरु भएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा गणना सुरु गरिएको हो ।

भरतपुर महानगरपालिका–६ को शहीद स्मृति मावि पारसनगर र दिवज्योति आधारभूत विद्यालय देवनगरको (क) केन्द्रको मतगणना सुरु भएको हो ।

यस क्षेत्रमा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए ।

यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् । क्षेत्र नं १ र २ को मतगणना भइरहेको छ । जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता रहेका छन् । एक सय ६१ मतदानस्थलमा रहेका चार सय ६० मतदान केन्द्रबाट उनीहरूले मतदान गरेका हुन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।