सुनसरी– ४ मा कांग्रेसका कार्कीको सुरुआती अग्रता   


सुनसरी क्षेत्र नं ४ मा मतगणना सुरु भएको छ ।

इनरुवा– १ स्थित भगवती माविमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ ।

यहाँ तीन सय मतगणना गर्दा कार्कीले एक सय ३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका जगदीशप्रसाद कुशियैतले ९५ मत प्राप्त गरेका छन् । कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री हुन ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।