नेशनल लाइफको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

0
Shares

नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार समायोजन भएको छ ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मङ्सिर ८ गते बिहीबार सेयर दाखिल खारेजी तोकेसँगै नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर सेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिसेयर ५२१.५७ रुपैयाँ मूल्य निर्धारण गरेको छ । बुधबार कम्पनीको सेयर अन्तिम पटक ५९९.८० रुपैयाँमा कारोबार भएको थियो ।  कम्पनीको समायोजित सेयरमूल्यका आधारमा भोलि बिहीबार कम्पनीके दोस्रो बजारमा कारोबार खुल्नेछ ।

कम्पनीले लाभांश पारित गर्न मंसिर १८ गते, आइतबार केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे ३४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

हाल चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँको रहेको कम्पनीले १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

साथै सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।