नेपाल लाइफको लाभांश पारित


नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको आम्दानीबाट प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गरेको छ ।

मंसिर ८ गते बिहीबार सम्पन्न बाइसौँ वार्षिक साधारण सभाबाट इन्स्योरेन्सले चुक्ता पूँजीको १५।७८९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

होटल भिष्वा, वीरगंज पर्सामा सम्पन्न साधारण सभाले कम्पनीको वार्षिक कार्य प्रगति प्रतिवेदन, वित्तयि विवरण, लेखापरीक्षक नियुक्ती लगायतका प्रस्ताव पारित गरेको छ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक १८ गते एक दिन बुकक्लोज गरेको थियो । कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र इन्स्योरेन्सको लाभांश पाउनेछन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।