डलर अर्बपती विनोद चौधरी नवलपरासी १ मा विजयी


नवलपरासी १ मा डलर अर्बपती विनोद चौधरी विजयी भएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार चौधरीले २९ हजार ४९५ मत ल्याएर जित हासिल गरेका हुन् ।

प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई फराकिलो मतले पछि पार्दै चौधरी विजयी भएका हुन् । त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत पाएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।