मर्जर प्रस्ताव पारित गर्न एनसीसी बैंकले बोलायो विशेष साधारण सभा


एनसीसी बैंकले कुमारी बैंकसँगको मर्जर प्रस्त्वा पारित गर्नका लागि विशेष साधारण सभा बोलाएको छ ।

बैंकले मंसिर २५ गते शंखमुलस्थि अनमोल बैंक्वेटमा विशेष साधारण सभा बोलाएको छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १५ गते एक दिन बुकक्लोज गर्दैछ ।

मर्जर प्रकृयामा रहेको एनसीसीले हालसम्म सेयर कारोबार सुचारु गराएको छैन । साधारण सभाको सूचनामा उल्लेख भएको व्यहोराका आधारमा केही दिनमा नै बैंकको सेयर कारोबार सुचारु हुने देखिन्छ ।

उता कुमारी बैंकले पनि सोही दिन विशेष साधारण सभा आह्वान गरी मर्जर प्रस्ताव पारित गराउँदैछ । कुमारीको आइतबारदेखि आधारभूत बाहेकका सेयरधनीको सेयर कारोबार खुल्दैछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।