माउण्टेन इनर्जीले लाभांश पारित गर्न डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?


माउण्टेन इनर्जीले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले आगामी पुस ८ गते भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा साधारण सभा बोलाएको हो । साधारण सभाले १०.५२६३ प्रतिशत नगद लभांश वितरणको प्रस्ताव पारित गर्दैछ ।

साथै आर्थिक वर्ष २०७८।०८९ को वित्तीय विबरण, संस्थापक समुहबाट सञ्चालक समितिको निर्वान तथा लेखा परीक्षक नियुक्ती लगायतका विषयमा पनि साधारण सभाले निर्णय गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २७ गते बुकक्लोज गर्नेछ । यस अनुसार मंसिर २६ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांस पाउने छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।