आरएसडिसी लघुवित्तले ११ प्रतिशत लाभांश वितरण गर्ने


आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षको आम्दानीबाट आफ्ना लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्त सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी ३ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल लघुवित्तको चुक्ता पुँजी ८० करोड ५१ लाख ५५ हजार ७४१ रुपैयाँ छ । लघुवित्तले उक्त पुँजीको ११ प्रतिशतले हुने ८ करोड ८५ लाख ६७ हजार १३१ रुपैयाँ बराबरको लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको साधारण सभाबाट स्वीकृत भएपछि लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन् ।

८ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँ कायम हुनेछ ।

 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।