साताको पहिलो दिन पनि सुनचाँदीको भाउ स्थीर, कतिमा हुँदैछ कारोबार ?


साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

गत बिहीबार ९७ हजार ८०० रुपैयाँ प्रति तोलामा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि कायमै रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी बिहीबार ९७ हजार ३०० रुपैयाँ प्रति तोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज पनि यथावत् नै रहेको छ ।

तर बिहीबार १ हजार ३०५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदी शुक्रबार १० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँमा कारोबार भइरहको थियो ।

साताको पहिलो दिन आइतबार चाँदीको मूल्यमा पनि कुनै परिवर्तन आएको छैन । महासंघले शुक्रबार तोकेको मूल्यले नै आइतबार पनि सनरन्तरता पाएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।