नेपाली ब्राण्ड कासाले सगरमाथामा तेस्रो पटक ‘द एभरेष्ट शो’ गर्दै


नेपाली कपडा ब्रान्ड ‘कासा’ ले सर्वोच्च शिखर सगरमाथामा ‘द एभरेष्ट शो’ आयोजना गर्ने भएको छ ।

आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा कासाका सञ्चालक डा. पंकज गुप्ताले उक्त घोषणा गरेका हुन् । यसअघि पनि पहिलो पटक ‘कासा’ले कालापत्थरमा र दोस्रो पटक सगरमाथाको ५ हजार ५०० मिटर उचाईमा पर्ने ‘गोक्यो’ मा फेशन शो आयोजना गरी विश्व रेकर्ड बनाइसकेको छ ।

‘द एभरेष्ट शो’ मार्फत तेस्रो विश्व रेकर्ड बनाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको गुप्ताले जानकारी दिए ।

वार्षिकोत्सवकै अवसरमा ‘कासा’ ले शनिबार साँझ रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’ (फेशन शो) आयोजना गरेको थियो । कासाले यस पटक बार्षिकोत्सव फरक ढंगले मनाउने क्रममा यो इभेन्ट आयोजना गरेको जनाएको छ ।

चार बर्षअघि स्थापना भएको कासा ब्राण्डका उत्पादन विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ । ‘कासा’को मुख्य शाखा पाटनढोकामा रहेको छ भने दरबारमार्ग र गैरीधारामा आउटलेट सञ्चालनमा छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।