छोटो अवधिका ट्रेजरीको डिस्काउन्ट रेट घटेपनि एक वर्षेको बढ्यो 


सरकारले आन्तरिक ऋण उठाउन जारी गर्ने छोटो अवधिका ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घटेको छ । बैंकहरुले तरलतामा आउन सक्ने परिवर्तनलाई ध्यान दिएर अल्पकालिन लगानीमा ध्याgदिFदा ९१ र १८२ दिने ट्रेजरीको डिस्काउन्ट रेट घटेको हो । 

तर, बैंकहरूले आगामी दिनमा आउन सक्ने तरलताको अवस्था के हुन्छ भन्ने निश्चिति नभएपनि एक वर्ष अवधिसम्म लगानी गर्दा प्रतिफल धेरै खोजेको देखिन्छ । फलस्वरुप ३६४ दिने ट्रेजरी बिल्सको डिस्काउन्ट रेट बढेको हो । 

आइतबार केन्द्रीय बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउनका लागि बीड गरेको तीन प्रकार ट्रेजरी बिल्स मध्ये दुईको औसत डिस्काउन्ट रेट घटेको छ । त्यसैगरी एकको भने बढेको हो । सरकारले नयाँ निष्कासन गरेको ३६४ दिनेको डिस्काउन्ट रेट ०.५२१२ प्रतिशतको विन्दुले बढेको हो । 

सोमबार बाँडफाँड भएको ९१ दिने ३ अर्ब १३ करोड रुपैयाँ बरावरको ट्रेजरी बिलस् खरिदका लागि २० बैंक वित्तीय संस्थाले ७६ वटा वोल आवेदन गरेका थिए । त्यसमा आवेदकले न्यूनतम १०.५००२ र अधिकतम ११ प्रतिशत डिस्काउन्ट रेट माग गरेका छन् । यसको औसत डिस्काउन्ट रेट १०.७९६१ प्रतिशत कायम भएको छ । यो डिस्काउन्ट रेट यभन्दा अघि मंसिर ६ गतेको औसत भन्दा थोरै हो । 

त्यसैगरी ६ अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल्स खसरद गर्न २४ बैंक वित्तीय संस्थाले ९० वटा बोल आवेदन दिएका थिए । आवेदकले उक्त ट्रेजरीको अधिकतम डिस्काउन्ट रेट १०.५२६३ र अधिकतम १२.००१ प्रतिशत मागेका थिए । यसको औसत डिस्काउन्ट रेट ११.३८२१ प्रतिशत कायम भएको छ । यो डिस्काउन्ट रेट यसभन्दा अघि निष्कासन भएको १८२ दिने ट्रेजरीको औसत दर भन्दा कम हो । गत मंसिर ६ गतेको १८२ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ११.९३९२ प्रीतशत रहेको थियो । 

तर, सरकारले ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ३६४ दिने  नयाँ ट्रेजरी बिल्सको डिसकाउन्ट रेट भने बढेको छ । उक्त लामो अवधिको ट्रेजरी बिल्सका लागि ३० बैंक वित्तीय संस्थाले १३० वोल आवेदन पेस गरेका थिए । आवेदकर उक्त नयाँ ट्रेजरी बिल्सको डिसकाउन्ट रेट न्यूनतम १०.५४५४ र अधिकतम १२.०१०१ प्रतिशत माग गरेका थिए । यसको औसत डिस्काउन्ट रेट ११.४९६९ प्रतिशत कायम भएको छ । यो औसत डिस्काउन्ट रेट यसभन्दा अघि कात्तिक १५ गते निष्कासन भएको एक वर्षे ट्रेजरी बिल्सको तुलनामा धेरै हो । कात्तिक १५ गते ३६४ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट १०.९७५७ प्रतिशत थियो । 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।