लक्ष्मी बैंकले संखुवासभाको गोलबजारमा खोल्यो एक्सटेन्सन काउन्टर

0
Shares

लक्ष्मी बैंक लिमिटेडले संखुवासभाको गोलबजारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  बैंकले सोमबारदेखि संखुवासभाको भोटखोला गाउँपालिकाको गोलबजारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

संखुवासभा जिल्लामा एक्सटेन्सन काउन्टरहरू थपिएसँगै लक्ष्मी बैंकको सञ्जालले अब देशका ५० जिल्लामा १४३ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १४ एक्सटेन्सन काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट र ६३ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ।

नवीन बचत खाता, मुद्दती निक्षेप, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका व्यावसायिक वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यले बैंकले नयाँ तथा सेवा नपुगेका बजारहरूमा तिव्र गतिमा विस्तार गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।