स्मार्टच्वाइस र एभरेष्ट बैंकबीच सम्झौता

0
Shares

एभरेष्ट बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यूु आर प्रयोग गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि बैंकका ग्राहकले बैंकको मोबाईल बैंकिङ एप ‘इबिएल टच २४’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यु आर मार्फत गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।