महालक्ष्मी विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना


महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

बैंकको थापाथली शाखाले त्रिपुरेश्वर, काठमाडौंमा अवस्थित नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुका लागि ब्रेल पुस्तक तयार गर्न १ हजार ८७५ थान ब्रेल पेपर हस्तान्तरण गरेको छ ।

दृष्टिविहिन भएकाहरुको संरक्षण गदैं उनीहरुको स्वास्थ्य र शिक्षमा समेत सहयोग प्रदान गर्ने सामाजिक कार्यमा लामो समयदेखि सक्रिय उक्त संस्थामा अध्ययनरत बालबालिकाहरुको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

त्यस्तै बैंकको न्युरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समिति लाई पंञ्चमुखि गणेश मुर्ती स्थापनाको लागी ५० हजार रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ । धार्मिक एवं पर्यटकिय क्षेत्र विकासमा थप टेवा पुगोस् भन्ने हेतुले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।

यसैगरि बैंकको ठुटिपिपल शाखाद्वारा ओमसत्तिया गाँउपालिका वडा नं १, रुपन्देहीमा अवस्थित श्री गंगा विशुन आधारभूत विद्यालयलमा अध्ययनरत बालबालिकाको लागि बाल उद्यान सम्बन्धी पिङ्ग, ढिके पिङ्ग लगायतका सामाग्री हस्तान्तरण गरिएको छ ।

मनोरञ्जनका गतिविधिहरुले बिद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सहयोग पु¥याउने हुदा बैंकले बाल उद्यानका लागि सामाग्री हस्तान्तरण गरेको बैंकको भनाई छ ।

उल्लेखित कार्यक्रम सँगसगै बैंकको रुकुम शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) लाई मिटिङ टेबुल निर्माण गरी हस्तान्तरण गरिएको छ ।

प्रहरी कार्यालयको हाताभित्र सञ्चालनमा रहेको बैठक कक्षमा विभिन्न बैठक तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्न सहजता होस् भन्ने उद्देश्यले बैंकले उक्त कक्षमा मिटिङ टेबुल निर्माण गरेर जिल्ला प्रहरी कार्यालयलाई प्रदान गरेको हो ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।