साढे आठ लाख नेपाली बेरोजगारीको सूचीमा दर्ता

0
Shares

करिब साढे आठ लाख नेपालीले बेरोजगारको सूचीमा नाम दर्ता गराएका छन् । चालु आर्थिक बर्ष २०७९/८० मा सम्म ८ लाख ४१ हजार ५०४ व्यक्तिले बेरोजगारको सूचीमा नाम दर्ता गराएका हुन्।

सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगारीको माग गर्दै आफनो नाम दर्ता गराएका हुन् । जसमध्ये पुरुषको संख्या ३ लाख ८७ हजार ९०२ छ भने महिलाको संख्या ४ लाख ५३ हजार ५०५ छ । अन्यको संख्या ३४ छ ।

कोही पनि बेरोजगार हुनु नपरोस भन्ने सरकारको लक्ष्य सहित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको हो । सरकारले चालु आवमा कम्तिमा दुई लाख बेरोजगारलाई रोजगारी दिने लक्ष्य राखेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ९४३ जनाले औसत ४० दिनको रोजगारी पाएका छन्। मन्त्रालयलमा २२९ स्थानिय तहले आयोजना पेश गरेका थिए ।

सरकारले यो आवमा न्यूनत्तम ४७ हजार ३६२ दिन रोजगारी दिने योजना बनाएको छ । जसका लागि दुई हजार ९३० वटा आयोजना सञ्चालन गरिएका छन् । कार्यक्रम सञ्चालनका लागि सरकारले ७ अर्ब १३ करोड २९ लाख रुपैयाँ विनियोजन गरेको छ । सञ्चालनमा रहेको अयोजनाको कुल बजेट भनेको ३ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । १३ करोड १३ लाख खर्च भएको छ ।

कुन प्रदेशबाट कति सूचीकृति भए बेरोजगारीमा

सुदूरपश्चिममा प्रदेशमा एक लाख ८८ हजार १४१ बेरोजगार सूचीमा सूचीकृत भएका छन् । पुरुषको संख्या ७३ हजार ६४३ छ भने महिलाको संख्या एक लाख १४ हजार ४९६ छ । अन्य २ छन् । सो प्रदेशमा ३६८ आयोजना स्वीकृत भएका छन् । सञ्चालित आयोजनाको कुल बजेट ७१ करोड ६४ लाख छ । हालसम्मको खर्च एक करोड ६५ लाख रुपैयाँ खर्च भएको छ ।

त्यस्तै कर्णाली प्रदेशमा एक लाख ९८ हजार १६४ वेरोजगारमा सुचीकृत भएका छन् । पुरुषको संख्या ९७ हजार १२८ छ भने महिलाको संख्या एक लाख एक हजार १९ छ । अन्यको संख्या १७ छ । सो प्रदेशमा दुई जनालाई औसत एक सय दिन रोजगारी प्रदान गरिएको छ ।

लुम्बिनी प्रदेशमा एक लाख तीन हजार ९४३ ले बेरोजगार सूचीमा नाम दर्ता गरेका छन् । जसमा पुरुषको संख्या ३९ हजार ५४५ छ भने महिलाको संख्या ६४ हजार ३९२ छ । अन्य ६ रहेका छन् । सो प्रदेशमा १०९ स्थानिय तह छन् । जसमध्ये २७ वटा स्थानिय तहले आयोजना पेश गरेका थिए । प्रदेशमा हालसम्म ५६ जनाले औसत ५० दिनको रोजगारी पाएका छन् ।

गण्डकी प्रदेशमा ५३ हजार ४१० बेरोजगार सूचीकृत भएका छन् । जसमा पुरुषको संख्या २९ हजार ६१२ छ भने महिलाको संख्या २३ हजार ७९६ र अन्य २ छन् । ४१९ आयोजना संचलानमा छन् । जसको लागि २८ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ । खर्च भने ९९ लाख ९७ हजार खर्च भएको छ । सो प्रदेशमा ५६ जनाले औसत १७ दिनको रोजगारी पाएका छन् ।

बाग्मती प्रदेशमा ९६ हजार ९३ वेरोजगार सुचीमा सुचीकृत भएका थिए । जसमा पुरुषको संख्या ४६ हजार ३०० छ भने महिलाको संख्या ४९ हजार ७९२ छ भने अन्यको एक छ । ५०९ वटा आयोजना सञ्चालन गरिएकोमा ५७ करोड ४७ लाख रुपैयाँ आयोजना बजेट विनियोजन गरिएको छ । हालम्म दुई करोड ८३ लाख खर्च भएको छ । सो प्रदेशमा ४६२ जनाले औसत ६५ दिनको काम पाएका छन् ।

मधेश प्रदेशमा ९६ हजार २७५ सुचीकृत भएका थिए । पुरुषको संख्या ४३ हजार ६३१ र महिलाको संख्या ५२ हजार ६४२ भने अन्यको संख्या २ । सो प्रदेशमा १४८ जनाले औसत २८ दिनको रोजगारी पाएका छन् ।

एक नम्बर प्रदेशमा भने एक लाख ५ हजार ४७८ वेरोजगारमा सुचीकृत भएका । पुरुषको संख्या ५८ हजार ६१ र महिलाको संख्या ४७ हजार ४१३ छ भने अन्यको ४ छ । ५५१ वटा आयोजनाका लागि ६६ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सो प्रदेशमा २१९ ले औसत ४२ दिनको रोजगारी पाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।