काठमाडौँमा एकैपटक खुले झिरका चार शाखा, सेकुवाका लागि उचित गन्तब्य


सेकुवाप्रेमीहरुको माझ लोकप्रिय हुँदै आइरहेको मौलिक नेपाली स्वाद चखाउने झिर सेकुवाले एकै पटक चार ठाउँहरुमा आफ्नो शाखाहरु खोलेको छ।

सञ्चालनमा आएको छोटो समयमा नै धेरैजना सेकुवा पारखीहरुको मन जित्न सफल भएको कारणले नै यसरी अरु शाखाहरु पनि खोल्न प्रेरित भएको सञ्चालकहरुको दाबी छ।

टोखाको ग्रीनल्यान्ड रोडमा विप्लव सिटौला र प्रज्वल धितालको लगानीमा र इमाडोलस्थित सानागाउँ भाटभटेनी जाने बाटोमा शुभम भट्टको लगानीमा झिर रेष्टुरेन्ट खुलेका छन् भने समिर बिडारी र सेफको लगानीमा कलंकीस्थित मकालु पेट्रोल पम्पको अगाडी स्वयम्भु जाने बाटोमा र संगीता श्रेष्ठको लगानीमा घुम्ती कुमारी मार्ग, पुरानो बानेश्वरमा झिरको नयाँ शाखाहरु सञ्चालनमा आएका हुन् ।

भैंसेपाटीमा पनि छिटै झिरको फ्रैंचाइज खुल्दै छ। झिरको ६ वोटा फ्रानचाइज आउटलेट पहिलेदेखि नै काठमाडौँको विभिन्न ठाउँहरुमा सञ्चालन छन्। सबै ठाउँमा उस्तै मौलिक स्वादको सेकुवा पस्कदै ग्राहकवर्गहरुलाई खुसी पार्ने झिर सेकुवाको प्रतिबद्धता छ। खानाको मौलिक स्वाद झिरको जुन सुकै शाखामा पनि ग्राहकहरुले उस्तै पाउन् भन्ने आशयले परिकार बनाउनु अगाडिको परिकारका सामाग्रीहरु मुख्य शाखाबाटै जाने गर्दछन्। यसरी ठाउँठाउँमा फ्रैंचाइज खोल्दा लगभग चालिस देखि पचास लाख सम्मको लगानी लागेको छ |

विशेषगरी मटन, चिकेन, तथा पोर्कका पोलेको मासुका परिकार झिरले पस्किने स्वादिष्ट परिकारहरु हुन्। यस्ता परिकारहरु प्रति प्लेटका साथसाथै प्रति हाफ केजी, प्रति केजीमा पनि उपलब्ध हुनेछ | साथै रेष्टुरेन्टमा पेय पदार्थहरू एमआरपी मूल्यमा बिक्री गरिने रेस्टुरेण्टले जनाएको छ । साना व्यवसाय वृद्धि र रोजगारी सिर्जना गर्न सक्ने क्षमता देखेपछि सञ्चालकहरुले फ्रैंचाइजलाई समर्थन गरेका हुन् ।

काठमाडौँ बाहिर भरतपुर, पोखरा लगायत अरु सहरहरुमा पनि झिरको स्वाद पुगाउने सञ्चालकहरुको सोच छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।