१८ सुविधासहित ‘जेनेरेसन सानिमा सेभिङ्ग खाता’, शून्य मौज्दातमा खोल्न सकिने


सानिमा बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा १८ वटा सुविधासहितको जेनेरेसन सानिमा सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ ।

उक्त खाता १८ वर्षभन्दा माथिका युवा वर्गहरुलाई लक्षित गरी ल्याइएको बचत खाता रहेको बैंकले जनाएको छ ।

शून्य मौज्दातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ–कम कार्ड (पहिलो टपअप निःशुल्क), डिम्याट खाता र मेरो शेयर निःशुल्क जारी गरिनेछ। साथै, बैंकले निःशुल्क भेरिफाइड बाइ भिसा दर्ता, निःशुल्क सिआस्बा आवेदन, देशभरका भिसा नेटवर्क एटीएममा मासिक ३ निःशुल्क रकम झिक्न सकिने र निःशुल्क इ स्टेटमेन्ट सेवाको व्यवस्था पनि गरेको छ।

यसका साथै विदेशी सटहीमा ०.१० पैसाको प्रिमियम/छुट, शैक्षिक कर्जा र अन्य कर्जाहरुको सेवा शुल्कमा ०.२५ प्रतिशत छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८ प्रतिशत छुट, स्विफ्ट र डिमान्ड ड्राफ्टको शुल्कमा १८ प्रतिशत छुट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८ प्रतिशत छुट दिने व्यवस्था ल्याएको छ ।

यस खाताले युवाबीच बचत गर्ने बानी र डिजिटल बैंकिङ्गको प्रयोगलाई बढावा दिने बैंकको विश्वास छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा एटीएम सञ्जालहरु सञ्चालनमा छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार  १९ : १४ बजे