मुद्रास्फीति नियन्त्रण गर्न आरबीआईले ०.३५ प्रतिशतले बढायो रिपो रेट

0
Shares

भारतीय रिजर्भ बैंक (आरबीआई) ले मूल्यवृद्धि नियन्त्रणलाई ध्यानमा राख्दै ०.३५ प्रतिशतले रिपो रेट बढाएको छ ।

सन् २०२२/२३ मा उपभोक्ता मूल्य सूचांक ६.७ प्रतिशत रहेको घोषणा गर्दै मूल्यवृद्धि नियन्त्रणका लागि रिपो रेट बढाउने आरबीआईका गर्भनर शक्तिकन्ठ दासले बताएका छन् ।

रुस–युक्रेन युद्धका कारण बढ्दै गएको खाद्यान्न अभावले भारतमा पनि खाद्य पदार्थको मूल्य बढाएको निर्कौल गर्भनरले गरेका छन् । विकसीत देशहरुले मुद्रास्फीति दर २ प्रतिशतमा कायम गर्नका लागि तत्पर रहेको समयमा आफूहरु पछि नहट्ने उनले बताएका छन् ।

आरबीआईले ०.३५ प्रतिशतले रिपो रेट बढाउँदा रिपो रेट ६.२५ प्रतिशत पुगेको छ भने स्ट्यान्र्डड डिपोजिटरी फेसिलिटी (एसडीएफ) ६ प्रतिशत पुगेको छ । मुद्रास्फीति नियन्त्रणका लागि आरबीआईले रिपो रेट बढाउँदा त्यसको प्रभाव बन्डमा परेको छ ।

१० वर्षे बन्डको कुपन रेट ०.६ प्रतिशतले बढेर ७.३०१ प्रतिशतमा कारोबार भइरहेको छ भने ५ वर्षे बन्डको कुपन रेट ०.८ प्रतिशतले बढेर ७.१८७ प्रतिशत पुगेको छ ।

तेस्रो त्रैमासको समीक्षा गर्दै गर्भनरले रिपो रेट बढाएपछि त्यसको प्रभाव सेयरबजारमा देखिएको छ । सेयर सूचांक नेफ्टी ५० ०.३४ प्रतिशत र सेन्सेक्स ०.३ प्रतिशतले ओरालो लागेका छन् ।

यसैगरी आरबीआईले भारतको सन् २०२३ को आर्थिक वृद्धि दर ६.८ प्रतिशत रहने प्रक्षेपण गरको छ । दोस्रो त्रैमासको समीक्षामा ७ प्रतिशत आर्थिक वृद्धि दर हासिल हुने अनुमान गरको आरबीआईले मुद्रास्फीति, बाह्य झड्काबाट भारतीय अर्थतन्त्रमा पारेको असर जस्ता कारण देखाउँदै ६.८ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य लिएको छ ।

अन्तराष्ट्रिय मुदा कोष (आइएमएफ)ले सन् २०२३ मा भारतले ६.९ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने प्रक्षेपण गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।