सेवा प्रदायक एप “भेटायो” को रिफर एण्ड विन योजना, अनलिमिटेड रिफरल्सबाट अनगिन्ति आम्दानी


आवश्यकताको आधारमा सेवा प्रदायक एप “भेटायो” ले रिफरलबाट आम्दानी गर्न सकिने सेवाको सुरुवात गरेको छ ।

रिफर एण्ड विन अभियान अन्तरगत सेवाग्र्राहीले भेटायो एप प्रयोग गरी प्रत्येक रिफरलमा १०० रुपैयाँ कमाउने मौका पाउने छन् । “आफ्ना साथीभाइ, परिवार र शुभचिन्तकहरू जति धेरैलाई सिफारिस गर्नु हुन्छ , त्यति नै धेरै पैसा तपाईंले आफ्नो अर्को खरिदमा बचत गर्न पाउनुु हुन्छ । साथै, तपाईंको सिफारिस गरिएको साथीले पनि १०० रुपैयाँ जित्ने मौका पाउनेछन्,” विज्ञप्तिमा भनिएको छ ।

‘एक ट्यापमा १०० रुपैयाँ हातमा’ भन्ने स्लग सहित एपले अभियान सुरु गरेको हो ।

एपको तल्लो भागमा रहेको रिफर एण्ड विनमा गइ इन्भाइट गरेर माग गरिएको विबरण भरी रिफर गर्न सकिनेछ । यसरी रिफर गरेर पाइने क्रेडिटलाई रिडिम गरी सदुपयोग गर्न सकिन्छ । यसका लागि रिफर गरेको व्यक्तिले एप सुचारु गरेको हुनुपर्नेछ ।

नयाँ प्रयोगकर्ताले एप डाउनलोड गरी PRRW02 प्रोमोकोड बाट आकर्षक अफर जित्न सक्ने भेटायोले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।