लक्ष्मी बैंकले लाभांश वितरण नगर्ने, वित्तीय प्रतिवेदन सञ्चालक समितिबाट अनुमोदन


लक्षी बैंकले सेयरधनीहरुलाई प्रतिफल वितरण नगर्ने भएको छ ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई कुनै किसिमको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

गत आर्थिक वर्षको कमाइको सबै रकम जगेडा कोषमा सञ्चित गर्ने निर्णय बैंक सञ्चालक समितिले गरेको हो ।

साथै बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनलाई अनुमोदन गरेको छ । उक्त प्रतिवेदन स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि बैंकले गरेको छ । राष्ट्र बैंकले बैंकको वित्तीय विवरण स्वीकृत गरेपछि बैंकले साधरण सभा बोलाउने छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।