‘नेपाल पे’बाट सेल्सबेरीमा गरिने भुक्तानीमा १० प्रतिशतसम्म क्यासब्याक

0
Shares

नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत ‘नेपाल–पे’ को क्यूआर स्क्यान सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा भुक्तानी गर्दा ग्राहकहरुले १० प्रतिशत (अधिकतम १०० सम्म) को क्यास ब्याक प्राप्त गर्ने भएका छन् ।

क्यासब्याकको यो आकर्षक अफर नेपालभरका सेल्सबेरीका शाखाहरुमा मंसिर २५ गतेदेखि ३० गतेसम्म उपलब्ध हुने नेपाल पेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डाइनामिक क्यूआरको रुपमा हालै सो डिपार्टमेन्ट स्टोरमा उपलब्ध भएको नेपालपे क्यूआर ग्राहकले आफ्नो मोवाइल बैंकिङ वालेट वा कनेक्ट आइपीएस मोवाइल एपमबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

सेल्सबेरीमा नेपाल पे क्यूआरको सेवा हिमालयन बैंक तथा मोको फेक्सवान् सोलुसन्सको सहकार्यमा सुचारु गरिएको हो । देशको सबैभन्दा ठूलो रिटेल स्टोरमध्यको एक यस स्टोरमा लागू गरिएको यो अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।