प्रभु लाइफ इन्स्योरेन्स छैठौँ वर्षमा प्रवेश

0
Shares

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड मंसिर २८ गते बुधबारदेखि छैठौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैठौँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

यसै उत्सव पारेर कम्पनीले वार्षिक रुपमा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्ष पनि निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुको उज्वल भविष्य –शिक्षा) का लागि यथासक्य योगदान गर्ने कार्यक्रममा सहयोग गरेको छ ।

उल्लेखित उद्देश्यअन्तर्गत कम्पनीले देशभरका कूल ८४ विद्यालय सञ्चालन गरिरहेको गैर नाफामूलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलार्ई ५ लाख रकम सहयोग गरेको छ ।

समता शैक्षिक गुठीअन्तर्गतको समता विद्यालय, जोरपाटीमा बुधवार कार्यक्रमबीच उक्त गुठीका कार्यकारी निर्देशक दीपक सञ्जेल, विद्यालयका प्राचार्य अजय अधिकारी (सुशील), शिक्षक शिक्षिका, विद्यार्थीहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेलगायत उच्च व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गत वर्ष पनि कम्पनीले समता शैक्षिक गुठीलार्ई ५ लाख रकम सहयोग प्रदान गरेको थियो । यस गुठीले संचालन गरेको शैक्षिक संस्थाहरुमा न्यूनतम रकम (मासिक १ हजार रुपैयाँ) मा नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र सो संस्थालाई आर्थिक अभाव रहेको आसयपत्रका आधारमा प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक सहयोगलाई निरन्तरता दिएको बताए ।

न्यून आय भएका अभिभावकका बालबालिकालाई अति न्यून रकममा गुणस्तरीय शिक्षा प्रदान गर्न समता शैक्षिक गुठीले गरेको कार्यलाई सबै क्षेत्रबाट साथ सहयोगको आवश्यकता रहेको गुठी सञ्चालक सदस्य दीपक सञ्जेलले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।