पुँजीकोष अनुपात कायम गर्न नसकेपछि एनआईसी एशिया बैंकले यो वर्ष पनि लाभांश वितरण नगर्ने


एनआईसी एशिया बैंकले यो वर्ष पनि लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । पुँजीकोष अनुपात कायम गर्न नसकेपछि बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो ।

मंगलबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णयसँगै वित्तीय विबरण स्वीकृत गरेको हो । साथै बैंकले उक्त विबरणहरु अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ ।

अघिल्लो आर्थिक वर्षको आम्दानीबाट पनि बैंकले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्न सकेको थिएन । योसँगै एनआईसी एशियाका सेयरधनी लगातार २ वर्ष लाभांश पाउनबाट बञ्चित भएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।