के.एफ.सी.को पन्ध्रौं शाखा काठमाण्डौं मल सुन्धारामा

0
Shares

अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा पन्ध्रौ शाखा बिस्तार गरेको छ । काठमाण्डौं महानगरपालिका वडा नं २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाण्डौ मल) मा के.एफ.सी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रा.लि. ले नेपालकै पहिलो के.एफ.सी. फ्लिपसिप स्टोर सञ्चालनमा ल्याएको हो ।

के.एफ.सी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा के.एफ.सि.का बिभिन्न चिकेनको परिकार जस्तै हट एण्ड क्रिप्सी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ ।

नयाँ शाखा सञ्चानल संगै के.एफ.सी.ले क्रिसमस र अंग्रेजी नयाँ बर्षको उपलक्षमा केएफसी सेलेब्रेसन मिल लगायतका नयाँ अफर समेत ल्याएको छ ।

यस रेष्टुरामा ग्राहक आफैँले अर्डर गरेर अनलाइन माध्यमबाट रकम भुक्तनीगरी द्रुत सेवा समेत लिन सकिने छ । हरेक ग्राहकले कस्टुमर डिस्प्ले क्रिन बाट आफूले गरेको अर्डर बनिराखेको समेत ट्रयाकिङ्ग गर्न सक्नेछन् ।

२ हजार ३४० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ७० जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेटुरेन्टले हाल बिहान ९ः०० बजे बाट रातको ९ः०० बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ ।

 

साथै फुडमाण्डू, भोज डिल र पठाओ फुडका डेलिभरी सेवा मार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिनेछ । यस रेष्टुराले १५ जना लाई प्रत्यक्ष रोजगार दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।