सिन्धु विकास बैंकले लगातार तेस्रो पटक निराश बनायो लगानीकर्ता


सिन्धु विकास बैंकले यस पटक पनि लगानीकर्तालाई कुनै लाभांश वितरण नगर्ने भएको छ ।

बैंक सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले लगानीकर्तालाई कुनै लाभांश बितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ ।

यस अघिका दुई आर्थिक वर्षमा पनि बैंकले लगानीकर्तालाई लाभांश विबरण गरेको थिएन । बैंकले आर्थिक वर्ष २०७५/७६ मा अन्तिम पटक सेयरधनीलाई ११.४८५१ प्रतिशत बोनस र ०.६०४९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।