राष्ट्रिय वाणिज्य बैंकले एकै पटक विस्तार गर्यो पाँचवटा शाखा कार्यालय


राष्ट्रिय वाणिज्य बैंकले एकै पटक पाँचवटा शाखा कार्यालयको उद्घाटन गरेको छ ।

१ नम्बर प्रदेश स्थित शाखा कार्यालय ताप्लेजुङ्ग, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेस प्रदेश स्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेश स्थित शाखा कार्यलय रसुवा को शनिवार उद्घाटन गरिएको बैंकले जनाएको छ ।

बैंकको शनिबार बिस्तारित शाखासँगै देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शाखा कार्यालय ताप्लेजुङ्गको बैंकका सञ्चालक दिलिप कुमार ढुङ्गाना, शाखा कार्यालय तेह्रथुम को म्याग्लुङ्ग नगरका प्रमुख संजयकुमार तुम्बाहाम्फे, शाखा कार्यालय धुलावारी को झापा १ ख का प्रदेश सांसद गोपाल तामाङ, शाखा कार्यालय मलगंवा को सर्लाही २ ख का प्रदेश सांसद कौशल किशोर दास र शाखा कार्यलय रसुवा को रसुवा ख का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले शनिवार अगल अलग कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले देशको दूरदराज तथा शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताए ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग सञ्चालनमा छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।