धितोपत्र बजारमा लगानी गर्नेमा सबैभन्दा धेरै संख्या विद्यार्थीको रहेको खुल्न आएको छ । स्वरोजगार, तलब तथा ज्यालामा आधारित रोजगार, रोजगार खोजी गरीरहेका, गृहणी र बेरोजगार व्यक्तिको तुलनामा सेयरमा लगानी गर्ने विद्यार्थीको संख्या उच्च देखिएको हो ।
तर, बैंक तथा वित्तीय संस्थामा आवद्ध रहेका अधिकांस व्यक्तिको लगानी सेयर तथा डिबेञ्चरमा रहेको देखिएको छ । धितोपत्रको बजारमा बैंक तथा वित्तीय क्षेत्रको बाहुल्यता भएकाले पनि सूचनाको सहज पहुँच हुने भएपछि सो क्षेत्रमा आवद्ध करिब ७४.१९ व्यक्तिहरुले सेयरमा लगानी गरेका हुन । नेपाल राष्ट्र बैंकका अनुसार बैंक वित्तीय संस्थासँग आवद्ध भएका २१.१९ प्रतिशत व्यक्तिले डिबेञ्चरमा लगानी गरेका छन । अर्थतन्त्रका अन्य क्षेत्रमा जोडिएका भन्दा बैंक वित्तीय संस्थामा आवद्ध भएका ८२.८० प्रतिशत व्यक्तिको सहकारीमा बचत खाता रहेको समेत राष्ट्र बैंकले जनाएको छ ।
कुल नेपाली विद्यार्थी मध्ये एक तिहाइ भन्दा धेरै विद्यार्थी अर्थत ३८.३८ प्रतिशतले सेयरमा लगानी गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । त्यसैगरी १४.४६ प्रतिशत विद्यार्थीले डिबेञ्चरमा लगानी गरेका छन । केन्द्रीय बैंकले वित्तीय साक्षरता र समावेशीताको विषयमा गरेको अध्ययन अनुसार सेयरमा लगानी गर्ने विद्यार्थीको संख्या अन्य विभिन्न पेसाको तुलनामा उच्च हो ।
देशमा १८ देखि ३० वर्ष उमेर समुहका कुल युवाको २९.९७ ले सेयरमा लगानी गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । त्यस मध्ये ९.३८ प्रतिशतले मात्र डिबेञ्चरमा लगानी गरेका छन । उमेर समुहका हिसावमा सेयर तथा डिबेञ्चरमा लगानी गर्ने १८ देखि ३० वर्षेको सहभागिता धेरै छ । सबै क्षेत्रमा व्यवस्थापक तहमा रोजगार गर्ने संख्याको करिब ५७.७४ प्रतिशत व्यक्तिले समेत सेयरमा लगानी गरेका छन् । करिब २२.३ स्कील वर्कर र इलिमेन्ट्री पेसामा लागेका ब्याक्तिले सेयरमा लगानी गरेका छन् ।
राष्ट्र बैंकले बचत, लगानी र पेन्सन योजनाहरुको प्रयोगका सबन्धमा गरेको अध्ययन अनुसार देशका कुल युवा जनसंख्या मधे ८६.६४ प्रतिशतले बचत, लगानी तथा अवकास योजनाहरु प्रयोग गरेको पाइएको छ । केही प्रदेशमा भने यसमा विविधता देखिएको छ । गण्डकी प्रदेशमा यस्तो दर उच्च रहँदै गर्दा मधेस प्रदेशमा भने न्यून रहेको छ ।
महानगरपालीका भित्रका धेरै युवाहरुले यस्ताता खालका योजनाको विषयमा जानकार रहेको र प्रयोग समेत गरेको देखिएको छ । नगरपालीकामा रहने ८५.१९ प्रतिशत युवाहरुले समेत यस्ता योजना प्रयोग गरेको भेटिएको हो । यस्ता योजनाको प्रयोगले शिक्षा र आम्दानी संगै बढ्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।
बेरोजगार तथा रोजगारको खोजी गर्ने भन्दा पनि स्वरोजगामा रहेका युवाले यस्ता खालका योजना खोज्ने गरेको देखिएको छ । यी योजना अनौपचारिक क्षेत्रमा आवद्ध ८३.५६ प्रतिशत युवाले प्रयोग गर्ने गरेका छन भने औपचारिक क्षेत्रका ९८.०४ प्रतिशत युवाले यस्तो योजनाहरुको प्रयोग गर्ने गरेको केन्द्रीय बैंकको निष्कर्स छ ।
सुरक्षा क्षेत्रमा जोडिएका ८२.६७ प्रतिशत युवाहरुले बचत, लगानी र पेन्सन योजना प्रयोग गरेकोमा प्राविधिक क्षेत्रमा सहभागी ९८.६३ प्रतिशतले प्रयोग गर्ने गरेका छन । त्यसैगरी कृषि क्षेत्रमा सहभागी ८३.५७ प्रतिशत युवाले यस्ता योजना प्रयोग गरेका छन भने सूचना तथा सञ्चार र वित्तीय क्षेत्रमा सहभागी करिब सबैले यस्तो सुविधा प्रयोग गरेका छन ।
केन्द्रीय बैंकले बचत, लगानी र पेन्सन योजनामा अन्तर्गत बचत, कल तथा मुद्दती निक्षेप, लघुवित्तको बचत, सहकारीको बचत, सामुहिक बचत, पेन्सन अकाउन्ट, नागरिक लगानी कोष खाता, सेयर तथा डिबेञ्चरमा गरेको लगानी समेतलाइ समावेस गरेको जनाएको छ । जस अनुसार तुलनात्मक रुपमा अन्य योजना भन्दा बचत खाता प्रयोग गर्नेको संख्या धेरै छ । कुल युवा जनसंख्याको ७१.०६ प्रतिशतले बचत खाता प्रयोग गर्ने गरेका छन । त्यसैगरी १७.१३ प्रतिशतले लघुवित्त र ५६.७४ प्रतिशतले सहकारीमा बचत गर्ने गरेका छन । त्यसैगरी ४५ प्रतिशत युवाहरुले सामुहिक बचत गर्ने गरेका छन ।
तर, युवा जनसंख्याको ६.१५ प्रतिशतले मात्र पेन्सन एकाउन्ट प्रयोग गरेका छन भने ४.६५ ले मात्र नागरिक लगानी कोषको खाता प्रयोग गरेका छन् । लघुवित्त, सहकारी र सामुहिक बचतमा पुरुष भन्दा महिलाको संख्या धेरै छ । प्रदेश अनुसार हेर्दा बाग्मती र गण्डकीका युवाहरुले बचत, लगानी तथा पेन्सन फण्डको प्रयोग बढी गरेको देखिन्छ ।
ग्रामीण क्षेत्रमा भन्दा महानगरमा बस्ने धेरै युवाहरुले बचत, लगानी तथा पेन्सन योजनाको प्रयोग गरेको देखिएको छ । महानगरका आधा भन्दा धेरै युवाहरुले सेयरमा लगानी गरेको देखिन्छ । तर सेयरमा लगानी गर्ने ग्रामीण भेगमा युवाको संख्या भने २१.६५ प्रतिशत मात्र रहेको छ । तर, ग्रामीण क्षेत्रमा धेरै युवाहरु भने लघुवित्त र सामुहिक बचतमा धेरै लगानी गर्ने गरेका छन् । तर, ३० देखि ६० वर्ष उमेर समुहका अधिकांशले बचत प्रयोग गर्ने गरेका छन् ।
स्वरोजगार र ज्यालादारी कामदार गर्नेहरुले यस्ता खालका सबै योजनाहरुको प्रयोग गर्ने गरेको पाइएको छ । उच्च प्राविधिक तथा व्यवस्थापक तथा अन्य कुनै पेशामा आवद्ध ९७ प्रतिशतको खाता बैंक वित्तीय संस्थामा रहेको छ ।
राष्ट्र बैंकले देशका सात प्रदेश तथा ७७ जिल्लाबाट ९ हजार ३६१ जना सहभागी समेटेर गरेको अध्ययन हो । यसमा रोजगार, बेरोजगार, विद्यार्थी स्वरोजगार, महिला, पुरुष, महानगरपालिका, नगरपालिका तथा गाँउपालिकालाई समेत समेटिएको छ । त्यतीमात्र नभई उमेर सहुलाइ समेत विषेश ध्यान दिई १८ वर्ष देखि ३०, ३१ वर्ष देखि ६० र सोभन्दा माथिको गरेर वर्गिकरण गरिएको छ ।
प्रतिक्रिया