सधैँ रेमिट्यान्सको भर पर्न नहुने भन्दै विदा भए श्रम मन्त्री कुँवर

0
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले मुलुक सधै रेमिट्यान्सको भरमा मात्रै बस्न नहुने बताएका छन् । कुनै पनि समयमा रेमिट्यान्सको प्रवाह परिवर्तन हुन सक्ने भन्दै दिर्घकालीन समाधानको उपाय खोज्नु पर्ने बताएका छन् ।

सोमबार मन्त्रालयले आयोजना गरेको विदाइ कार्यक्रममा बोल्दै मन्त्री कुँवरले बाध्यात्मक वैदेशिक रोजगारीलाई अन्त्य गरी मुलुक भित्रै रोजगारी सृजना गर्न सकिने विभिन्न स्रोतको पहिचान गर्न समेत आग्रह गरे ।

मन्त्री कुँवरले २०७९ असार १३ गते देखि मन्त्रिपरिषद्को सदस्यको रूपमा श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी सम्हाल्लेका थिए ।

के-के गरे श्रममन्त्री कुँवरले ?

श्रम मन्त्री शेर बहादुर कुँवरको कार्यकायलमा आन्तरिक रोजगारी सृजना गर्न तर्फ वैदेशिक रोजगारीवाट फर्किएका नेपालीहरुको पुनःएकीकरण सम्वन्धी निर्देशिका जारी गरियो ।

बेलायत रोजगारीका लागि नेपाल सरकार र बेलायती राजदुत बिच गत भदौ ६ गते सम्झौता गरियो । श्रम स्वीकृति तथा पुनःश्रम स्वीकृतिको कामलाई पुर्ण रुपमा अनलाईन प्रणालीमा आवद्ध गरियो । सातवटै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरुवाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृती दिने कार्य शुरु भयो ।

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका साथै राहत तथा उद्धार कार्यलाई प्रभावकारी वनाउन मार्सल टिम, शिघ्र प्रत्युत्तर टोली गठन गरी ठगी नियन्त्रण कार्यलाई प्रभावकारी वनाईयो ।

वैदेशिक रोजगारीको क्रममा भएका व्यक्तिगत ठगीको उजुरी जिल्ला तहमा नै प्रमुख जिल्ला अधिकारीले हेर्न पाउने र कानून वमोजिम उजुरी उपर कारवाही गरी पिडितलाई क्षतिपुर्ति दिलाउने व्यवस्था गरियो ।

चालु आवको मंसिर मसान्तसम्म ४१० वटा उजुरीबाट ६ करोड ५६ लाख ५९ हजार मागदाबी सहित यस विभागमा दर्ता भएका छन् । जसमध्ये विभागले ६९ वटा उजुरीको.१ करोड, ४० लाख ८४ हजार क्षति–पूर्ति भराएको छ भने ३ वटा उजुरीको ८ लाख ४६ हजार बराबरको मिलापत्र गराएको छ ।

त्यस्तै गरी वैदेशिक रोजगारीको आवरणमा वैदेशिक रोजगार विभागबाट इजाजतपत्र प्राप्त गरेका संस्था बाहेकका अन्य संस्था तथा व्यक्तिले ठगी गरेको भनी ७८० वटा उजुरी दर्ता भई २८ करोड २३ लाख २० हजार मागदाबी परेको छ । यिमध्ये १०१ वटा मुद्दा विभागले मिलापत्र गराई ७ करोड १० लाख ६९ हजार क्षतिपूर्ति भराएको छ भने २७ वटा मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा ९ करोड ४७ लाख ६५ हजार मागदावी सहित मुद्धा दर्ता गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को मंसिर मसान्तसम्ममा विभिन्न ७ मुलुकहरू बहराईन, कुवेत, मलेसीया, ओमान, कतार, साउदी अरेबिया र यूएईमा २ लाख ८९,हजार ७२ जना पुरुष, २४,०२२ जना महिला समेत कुल ३ लाख ४९ हजार ८२ जनाले बैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

शून्य लगातमा वैदेशक रोजगारमा पठाउने नीति अनुरूप २०७९ श्रावण देखि हालसम्म २ लाख ५४ हजार २८९ जना वैदेशिक रोजगारीमा मलेसियामा गए । जसमध्ये १ लाख ५५ हजार ३१८ जना नेपाली कामदारले निःशुल्क भिसामा मलेशिसा गएको मन्त्रालयको दाबी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।