नयाँ अर्थमन्त्री आएपछि १०० अंक बढीले बढ्यो नेप्से, एक घण्टामै अर्ब बढीको कारोबार

0
Shares

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले तेस्रो पटक अर्थमन्त्रालको बागडोर सम्हालेपछि सुस्त सहँदै आएको सेयर बजारमा गुल्जार छाएको छ ।

सोमबार करिब ५७ अंकले बढेको सेयर बजार मंगलबार एक घण्टामा नै ४४ अंक बढीले वृद्धि भएको छ । पौडेलको यसअघिका अर्थमन्त्री बन्दाको रेकर्ड हेर्दा हरेक पटक उच्चतम बिन्दुमा नेप्से पुगेकाले पनि सेयर बजारका लगानीकर्ताको आत्मबल फर्किएको हो ।

एक घण्टा अवधिमा नेप्से ४४.३४ अंकले बढेर १९६८.४२ बिन्दुमा पुगेको छ । मल्टिपपर्स फाइनान्स, श्रुजनशिल लघुवित्त र कालिका पावर कम्पनीको सेयरमूल्य १० प्रतिशत धेरैले बढेर सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका १९७ कम्पनीको भाउ बढ्दा ४ कम्पनीको मात्र स्थीर रहेको छ । म्युचुअल फन्डका इकाईहरु भाउ घट्नेमा परेका छन् ।

समीक्षा अवधिमा एनआईसी एशिया बैंकको ५ करोड १२ लाख बढीको सेयर कारोबार भउको छ । हिमालयन डिष्टिलरी, नेपाल टेलिकम, शिवम् सिमेन्ट र नबिल बैंकको शीर्ष पाँच ठूलो कारोबार भएको छ ।

मंगलबार मध्यान्न १२ बजेसम्ममा १ अर्ब १० करोड ९८ लाख रुपैयाँको बराबरको ३१ लख ७० हजार कित्ता सेयर खरिद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।