नेपालमा ९६ प्रतिशतले प्रयोग गर्छन मोबाइल इन्टरनेट

0
Shares

नेपालमा ९६ प्रतिशतले मोवाइल इन्रटनेट प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा ३५.४८ प्रतिशतले फिक्स ब्रोडव्याड इन्टरनेट प्रयोग गर्छन् भने वायरलेस फिक्स ब्रोडव्याण्ड शून्य दशमलव २३ प्रतिशतले प्रयोग गर्छन् ।

प्राधिकरणको गत असोज महिनासम्मको तथ्यांक अनुसार एक करोड ८६ लाख २८ हजार ८१९ ले फोरजी सेवा प्रयोग गर्छन् । जसमध्ये नेपाल टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या एक करोड १५ लाख ५० हजार १८१ छ भने एनसेलको फोरजी प्रयोगकर्ताको संख्या ६९ लाख ५० हजार ६१३ रहेकेृा छ । त्यस्तै, स्मार्ट टेलिकमको फोरजी प्रयोगकर्ता एक लाख २७ हजार ५५१ छन् ।

त्यस्तै, नेपालमा ९१ लाख ९८ हजार ८१९ ले थ्रिजी सेवा प्रयोग गर्छन् । जसमध्ये नेपाल टेलिकमको थ्रीजी सेवा प्रयोगकर्ताको संख्या ७२ लाख ६३ हजार ९३७ छन् भने एनसेल प्रयोगकर्ताको संख्या १९ लाख ३४ हजार ८८२ रहेको प्राधिकरणको तथ्यांक छ ।

नेपाल टेलिकमको सेवाग्राही दुई करोड १५ लाख ६८ हजार ४३९ छन् । त्यस्तै, एनसेलको दुरसञ्चार सेवा प्रयोगकर्ता एक करोड ७३ लाख ६ हजार ८०४ पुगेका छन् । स्मार्ट टेलिकमको २४ लाख १२ हजार १२६ छन् ।

त्यस्तै, नेपालमा मोवाइल प्रयोगकर्ताको संख्या चार करोड चार लाख ६६ हजार २४ रहेका छन् भने फ्रिक्स टेलिफोन प्रयोगकर्ताको संख्या आठ लाख १० हजार ४५७ मात्रै रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ पुस २०७९, आइतबार  १५ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।