नेप्सका प्रमुखले अनाधिकृत व्यक्तिलाई काम लगाएपछि कर्मचारीद्धारा विरोध

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले अनाधिकृत व्यक्तिलाई दैनिक कार्यसञ्चालन गराएपछि कर्मचारीहरुले विरोध गरेका छन । कर्मचारीले विज्ञको रुपमा कार्यरत रहेको व्यक्तिले राजिनामा दिइसक्दा पनि काममै राखेपछि नेप्से कर्मचारी संघले ध्यानकर्षण गराएको हो ।

कार्कीले नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको केही समयपछि कृष्ण गिरीलाई विज्ञको रुपमा नियुक्त गरेको थियो । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल कम्पनीको लाइसेन्स आवेदन माग गरेपछि गिरीले ब्रोकर कम्पनी खोले बोर्डमा आवेदन दिएपछि विज्ञको जिम्मेबारीबाट राजीनामा दिएका थिए ।

गिरीको राजनीनामा पछि पनि प्रमुख कार्यकारी अधिकृत कार्कीले उनलाई कार्यालय बोलाई दैनिक काममा राखेपछि कर्मचारी संघले विरोध जनाएको छ ।

त्यसका साथै संघले अनाधिकृत व्यक्तिलाई कार्यालयमा प्रवेश गराई दैनिक कार्य सञ्चालन गराउँदै आएको विषय सम्बन्धित निकायबाट निष्पक्ष छानविन गरी सत्य तथ्या पत्ता लगाई कडा कारबाहीको माग गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार  १७ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।