प्रभु इन्स्योरेन्सको आधारभुत सेयरधनीको सेयर कारोबार फुकुवा

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्स लिमिटेडको आधारभुत सेयरधनी पनि सेयर कारोबार फुकुवा गरेको छ ।

अजोड इन्स्योरेन्ससँग मर्जर गरेको कम्पनीको मर्जर गर्ने सम्झौता भङ्ग भई गत पुस २६ गतको पत्रानुसार नेपाल बीमा प्राधिकरणबाट समेत सैद्दान्तिक स्वीकृति रद्द भएपछि नेप्सेले रोक्का रहेको आधारभुत सेयरधनी पनि सेयर कारोबार फुकुवा गरेको हो ।

आधारभुत सेयरधनी भने बाहेक अन्य सेयरधनीको सेयर कारोबार भने यसअघि नै फुकुवा भैसकेको छ । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडबीच सेयर स्वाप रेसियो र सीईओमा सहमति हुन नसकेपछि प्रारम्भिक सम्झौता रद्द भएको थियो ।

नेप्सेले रोक्का रहेको प्रभु इन्स्योरेन्सको आधारभरत सेयरधनीको पनि कारोबार फुकुवा गरेसँगै कम्पनीमा १ प्रतिशतभन्दा धेरै सेयर धारण गरेकाहरुmे पनि बिहीबारदेखि नै सेयर बजारमा कारोबार गर्न पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ माघ २०७९, बुधबार  १८ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।