सनराइज बैंकद्वारा सीआईबीलाई बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण

नोटबजार संवाददाता
काठमाण्डौं ।
१२माघ, २०७९, बिहीबार / Jan 26, 2023 13:26:pm

सनराइज बैंकले 'कुशल' नामक चेतनामुलक भिडियो बनाएर केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लाई हस्तान्तरण गरेको छ।

हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई, बैंकिङ्ग र डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सावधानीहरु समेटेर भिडियो बनाएर केन्द्रीय अनुसन्धान व्यूरोलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ।

बैंकिङ्ग पहुच बढ्दै गएको हालको अवस्थामा यसको प्रयोग संगै यसमा सतर्कता अपनाउनु पनि उतिकै आवश्यक देखिएको तथा साधारण बैंकिङ्ग सम्बन्धी जानकारीहरुको अभावमा मानिसहरु विभिन्न झमेलामा परिरहेको बैंकको बुझाई छ ।

बुधबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरक्त महानिरीक्षक उत्तम राज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गरेका हुन्।

उक्त भिडियोमा हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई विभिन्न बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक जानकारी, घटना र कथा मार्फत प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

उक्त भिडियो प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशै भरी फिजाउने तथा बैंकले विभिन्न सामाजिक संजाल मार्फतसमाजमा पु¥याएर चेतना बढाउन मदत गर्ने जनाएको छ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments