सूचीकृत सबैजसो बीमा कम्पनीहरुको लाभांश घोषणा, १४ ले साधारण सभा पनि सकाए

0
Shares

सञ्चालनमा रहेका बीमा कम्पनीहरुमध्ये अधिकांश सूचीकृत कम्पनीले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन् ।

नेप्सेमा १६ निर्जीवन तथा ११ जीवन बीमा कम्पनी मात्र सूचीकृत छन् । सूचीकृत २७ मध्ये १९ कम्पनीले लाभांश घोषणा गरेका हुन् । यस्तै सूचीकृत २ निर्जीवन र २ जीवन गरी ४ कम्पनीले लाभांश वितरण नगर्ने घोषणा गरेका छन् । यसो हुँदा कुल २३ कम्पनीको लाभांश वितरण गर्ने नगर्ने टुङ्गो लागेको छ । जुन कुल सूचीकृत कम्पनीको ८५ प्रतिशत हो ।

सूचीकृत एक निर्जीवन बीमा कम्पनी र तीन जीवन बीमा गरी कुल ४ कम्पनीले भने लाभांश घोषणा गरेका छैनन् । सूचीकृतमध्ये राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु लाइफको लाभांश घोषणा हुन बाँकी रहेको हो । 

हाल १८-१८ निर्जीवन तथा जीवन बीमा कम्पनी गरी ३६ बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । दुई वटा पुनरबीमा समेत जाेड्दा कुल ३८ सञ्चालनमा छन्  । मर्जरपछि दुई निर्जीवन बीमा र एक जीवन बीमा कम्पनी घटेका छन् । दुई निर्जीवन बीमा कम्पनी र सात जीवन बीमा कम्पनी धितोपत्र बजारमा सूचीकृत छैनन् ।

पुनरबीमा सहित कुल ३८ मध्ये १९ कम्पनीले सेयरधनीलाई लाभांश वितरण गरेका छन् । समीक्षा अवधिमा १३ निर्जीवन बीमा कम्पनी तथा ६ जीवन बीमा कम्पनीले सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् ।  यस अवधिमा निर्जीवन बीमा कम्पनीहरु सगरमाथा, नेको, प्रिमियर, सगरमाथा, एनएलजी, सिद्धार्थ, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल, प्रभु, प्रुडेन्सियल, आईएमई जनरल, युनाइटेड र हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश वितरण गरेका छन् ।

Sector- Non Life Insurance Bonus Cash Total Bookclose AGM
Shikhar Insurance   16.00 0.84 16.84 Magh 17, Tuesday Magh 25, Wednesday
Neco Insurance   15.00 0.53 15.53 Magh 3, Tuesday Magh 15,Sunday
Premier Insurance   14.25 0.75 15.00 Poush 22, Friday Poush 29, Friday
Sagarmatha Insurance   12.40 0.66 13.06    
NLG Insurance Company  10.00 0.53 10.53    
Siddhartha Insurance  9.00 0.47 9.47 Poush 18, Monday Poush 29, Friday
Nepal Insurance  8.00 0.42 8.42 Poush 8, Friday Poush 22, Friday
Lumbini General Insurance 7.00 0.35 7.35    
Prabhu Insurance  6.70 0.35 7.05    
Prudential Insurance   6.50 0.34 6.84    
IME General Insurance  6.50 0.34 6.84 Poush 27,Wednesday Magh 9, Sunday
United Insurance  (Nepal)  5.00 0.26 5.26 Poush 17, Sunday Poush 27, Wednesday
Himalayan Everest Insurance Limited  2.75 0.14 2.89    
Ajod Insurance Company  0.00 0.00 0.00 Poush 22, Friday Poush 30, Saturday
Sanima GIC Insurance Limited  0.00 0.00 0.00    

 

यस्तै जीवन बीमातर्फ नेपाल लाइफ, नेशनल लाइफ, एशयिन लाइफ, प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सले लाभांश लाभांश वितरणको प्रस्ताव गरेका हुन् ।

Sector-Life Insurance Bonus Cash Total Bookclose AGM
Nepal Life Insurance   0.00 15.79 15.79 Kartik 18, Friday Mangsir 8, Thusday
National Life Insurance   15.00 0.79 15.79 Mangsir 8,Thusday Mangsir 18, Sunday
Asian Life Insurance   14.50 0.76 15.26 Ashoj 4, Tuesday Ashoj 13, Thusday
Prime Life Insurance Company  13.00 0.68 13.68 Poush 8, Friday Poush 24, Sunday
Union Life Insurance Company  8.97 0.00 8.97 Magh 16, Monday Magh 26, Thusday
Gurans Life Insurance Company  7.44 0.39 7.83 Ashoj 26, Wednesday Kartik 4, Friday
Reliance Life Insurance  0.00 0.00 0.00    
Sanima Life Insurance Company  0.00 0.00 0.00    
Citizen Life Insurance Company  0.00 0.00 0.00 Magh 12, Thusday Magh 15, Sunday

 

माघ १६ गतेसम्ममा एक पुनरबीमा कम्पनी, दुई निर्जीवन तथा तीन जीवन बीमा गरी कुल कम्पनीले लाभांश वितरण नगर्ने घोषणा गरेका छन् । हिमालयनर रि, अजोड, र सानिमा जीआईसी, रिलायबल लाइफ, सानिमा लाइफ र सिटिजन्स लाइफले सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेका हुन् ।

अब एक पुनरबीमा कम्पनी, तीन निर्जीवन तथा नौं जीवन बीमा कम्पनीको लाभांश घोषणा भएको छैन । लाभांश घोषणा गर्न बाँकी १३ मध्ये ५ कम्पनी मात्र सूचीकृत छन् । जसमम्धे तीन कम्पनी जीवन बीमा, एक।एक निर्जीवन तथा रि इन्स्योरेन्स रहेका छन् । सूचीकृतमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, सुर्यज्योति, प्रभु लाइफ राष्ट्रिय बीमा कम्पनी र नेपाल रि इन्स्योरेन्सको लभांश घोषणा हुन बाँकी रहेको हो । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले दशकौंदेखिको लेखापरीक्षण टुङ्गाउन नसक्दा सेयरधनीले लाभांश पाउने गरेका छैन । नेपाल रिको जीवन बीमा कम्पनीहरुबाट वित्तीय विवरण आउन ढिलाइ हुँदा साधारण सभा सम्पन्न हुन सकेको छैन ।

भारतीय स्वामित्वमा सञ्चालित नेशनल इन्स्योरेन्स कम्पनी र ओरियन्टल इन्स्योरेन्स तथा अमेरिकी लगानीमा रहेको मेट लाइफले पनि लाभांश घोषणा गर्दैनन् । लाभांश वितरण नगरेका अन्य कम्पनीहरु महालक्ष्मी लाइफ, सन् नेपाल लाइफ, आईएमई लाइफ र रियालबल नेपाल लाइफ तथा राष्ट्रिय बीमा कम्पनी नेप्सेमा सूचीकृत छैनन् ।

१४ कम्पनीले सकाए साधारण सभा

सञ्चालनमा रहेकामध्ये माघ १६ गतेसम्म १४ कम्पनीले साधारण सभा सम्पन्न गरेका छन् । १ पुनरबीमा, ७ निर्जीवन र ६ वटा जीवन बीमा गरी कुल १४ कम्पनीले साधारण सभा सम्पन्न गरेका हुन् । दुई कम्पनीले माघभित्रै साधारण सभा सम्पन्न गर्नेगरी आह्वान गरेका छन् ।

यस अवधिसम्ममा पुनरबीमातर्फ हिमालयन रि इन्स्याेरेन्स, निर्जीवन बीमातर्फ नेपाल इन्स्योरेन्स, नेको, प्रिमियर, सिद्धार्थ, आइएमई जनरल, युनाइटेड र अजोड इन्स्योरेन्सले साधारण सभा सम्पन्न गरेका हुन् । यस्तै जीवन बीमातर्फ नेपाल लाइफ, नेशनल लाइफ, एशयिन लाइफ, प्राइम लाइफ, गुराँस लाइफ इन्स्योरेन्स र सिटिजन्स लाइफ इन्स्योरेन्सले सभा सम्पन्न गरेका हुन् ।

शिखर र युनियन लाइफ इन्स्योरेन्सले क्रमशः माघ २५ र २६ गते साधारण सभा आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ माघ २०७९, सोमबार  १४ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।