दुई कम्पनीको बोनस सूचीकृत

0
Shares

दुई कम्पनीको बोनस सेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत भएको छ । नेप्सेमा कुल ५३ लाख २३ हजार ५३८ कित्ता बोनस सूचीकृत भएको हो ।

नेप्सेका अनुसार सिभिल बैंक लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार सिभिल बैंकको चुक्ता पुँजीको ५ प्रतिशत दरका कुल ४५ लाख ३७ हजार ९२१ दशमलव ९५ कित्ता बोनस र किसान लघुवित्तको चुक्ता पुँजीको २० प्रतिशत दरका कुल ७ लाख ८५ हजार ६१७ दशमलव ७५ कित्ता बोनस आज सूचीकृत भएको छ ।

सूचीकृत बोनस बुकक्लोजको अघिल्लो दिनसम्म कायम सम्बन्धित सेयरधनीहरुको हितग्राही खाता (डिम्याट) मा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

सिभिल बैंकको २०७९ पुस २८ गते सम्पन्न बाह्रौं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको २० प्रतिशत दरका बोनस सेयर वितरण गर्ने प्रस्ताव भएको थियो । उक्त बोनस पारित यसअनुसार बुकक्लोजको अघिल्लो दिन अर्थात पुस १८ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र बोनस पाउनेछन् ।

यस्तै किसान लघुवित्तको २०७९ जेठ २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले चुक्ता पुँजीको २० प्रतिशत दरका बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो । बुकक्लोजको अघिल्लो दिन अर्थात जेठ १९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र बोनस पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ माघ २०७९, सोमबार  १५ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।