सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढ्यो, चाँदीको स्थिर

नोटबजार संवाददाता
काठमाण्डौं ।
१६माघ, २०७९, सोमबार / Jan 30, 2023 11:09:am

नेपाली सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख छ हजार तीन सय पुगेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य एक लाख पाँच हजार पाँच सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ कायम रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments