अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि दर ६.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।
यो वर्षको एप्रिलदेखि अर्को वर्षको मार्चसम्म कायम रहने भारतको आर्थिक वर्षमा आर्थिक वृद्धि दर ६.१ प्रतिशतको सेरोफेरोमा रहने अनुमान आइएमएफले गरेको हो ।
सन् २०२३ को आर्थिक वृद्धि दरमा केही सुधार भई ६.८ प्रतिशत कायम रहने प्रक्षेपण आइएमएफले गरेछ । आन्तरिक मागका कारण आर्थिक वृद्धिमा योगदान हुनेछ ।
मंगलबार सार्वजनिक भएको ‘विश्वको आर्थिक परिदृश्य’मा सन् २०२२ मा विश्वको आर्थिक वृद्धि ३.४ प्रतिशत, सन् २०२३ मा २.९ प्रतिशत र सन् २०२४ मा ३.१ प्रतिशत हुने अनुमान गरिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया