भारतमा ३ लाख सम्म कमाउँदा कर तिर्नु नपर्ने, १५ लाख बढी कमाउनेलाई ३० प्रतिशत

0
Shares

भारत सरकारले वार्षिक ३ लाख भारुसम्म आम्दानी गर्नेलाई कर छुट दिएको छ ।

अर्थमन्त्री निर्मला सितारमणले आर्थिक वर्ष २०२३/२४ को बजेट सार्वजनिक गर्दै न्युनतम आयकरको सीमा वार्षिक ५० हजारले बढाएको घोषणा गरेकी हुन् । यस अघि वार्षिक २ लाख ५० हजार सम्म आम्दानी गर्नेले मात्रै आयकर छुट पाउँदै आएका थिए ।

बजेटको नयाँ व्यवस्था अनुसार वार्षिक ३ देखि ६ लाख रुपैयाँ सम्म आम्दानी हुनेले ५ प्रतिशत, ६ देखि ९ लाख सम्म आम्दानी गर्नेले १० प्रतिशत र ९ देखि १२ लाख सम्म आय गर्नेले १५ प्रतिशत कर तिर्नुपर्ने छ ।

यस अघि वार्षिक २ लाख ५० हजार देखि ५ लाख रुपैयाँ सम्म आम्दानी हुनेले ५ प्रतिशत, ५ देखि ७ लाख ५० हजारसम्म आम्दानी गर्नेले १० प्रतिशत र ७ लाख ५० हजार देखि १० लाख सम्म आय गर्नेले वार्षिक १५ प्रतिशतका दरले आयकर तिर्दै आएका थिए ।

अर्थमन्त्री सीतारमणले घोषणा गरेको बजेटमा १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्नेले तिर्नु पर्ने आयकरको सीमा २० प्रतिशत निर्धारण गरिएको छ ।

यस्तै १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेहरुलाई भने ३० प्रतिशत आयकर लाग्ने छ । जुन अघिल्लो बजेटमा गरिएको व्यवस्था सरह हो।

आयकरको माथिल्लो सिलिङमा निर्धारण भएको सीमा एउटै भएपनि तल्लो सीमाहरु भने नयाँ बजेट मार्फत हेरफेर गरिएका हुन् ।

अघिल्लो वर्षमा १० देखि १२ लाख ५० हजारसम्म आम्दानी गर्नेले २० प्रतिशत, १२ लाख ५० देखि १५ लाखसम्म आम्दानी गर्नेले २५ प्रतिशत र १५ लाख भन्दा धेरै आम्दानी गर्नेलाई ३० प्रतिशत आयकर लाग्ने व्यवस्था थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १८ माघ २०७९, बुधबार  १४ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।