मुद्रास्फीति दरमा सुधार आए पनि फेडले बढायो ब्याजदर

0
Shares

अमेरिकाको मुद्रास्फीति दरमा कमी आएता पनि केन्द्रीय बैंक–फेडरल रिजर्भ (फेड) ले ०.२५ प्रतिशतले ब्याजदर बढाएको छ ।

फेडका अध्यक्ष जेरोम पावेलले मुद्रास्फीति दरमा कमी आएता पनि लक्षित विन्दुमा मूल्यवृद्धि दर कायम नहुँदा सम्म आफूहरु पछि नहट्ने बताएका छन् ।

फेब्रुअरी महिनाको सुरुवात बसेको नीतिगत बैठकको निर्णय सुनाउँदै पावेलले बैंकको बेन्चमार्क रेट ४.५–४.७५ प्रतिशत पुगेको जनाएका छन् । यो ब्याजदर सन् २००७ यताकै उच्च हो ।

बैंकले ब्याजदर वृद्धिलाई निरन्तरता दिँदा अमेरिकी अर्थतन्त्र मन्दी उन्मुख रहन सक्ने विश्लेषकहरुले जनाएका छन् । ब्याजदर वृद्धि भएसँगै कर्जा प्राप्तिमा समस्या भएको र हाउजिङ कम्पनीहरु कोल्याप्स हुने अवस्थामा पुगेको व्यवसायीहरुको गुनासो छ ।

४० वर्ष यताकै उच्च भएको मुद्रास्फीति दर गत महिना ६.५ प्रतिशतमा झरेको छ । तथापि केन्द्रीय बैंकले मुद्रास्फीति विरुद्धको लडाइको अन्त्य नभएको जनाउँदै ब्याजदर बढाइरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०७९, बिहीबार  १२ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।