भारतमा बढ्दै छ यी सामाग्रीको मूल्य, नेपालमा के होला ?

0
Shares

आर्थिक वर्ष २०२३/२४को संघीय बजेट घोषणा गर्दै अर्थमन्त्री निर्मला सितारमणले विभिन्न सामाग्रीहरुको मूल्य बढाएकी छन् ।

अर्थमन्त्री सितारमणले सिगरेट, तम्बाखु लगायतका सुर्ती जन्य पदार्थको मूल्यमा १६ प्रतिशत कन्टिनजेन्सी शुल्क लागु गर्ने फैसला गरेकी हुन् । जसकारण भारतीय बजारमा सुर्तीजन्य पदार्थको मूल्य बढ्ने छ ।

भारत र नेपालबीच खुल्ला सीमाना रहेको र नेपालले गर्ने कुल आयातमा ६० प्रतिशत भारतबाट गर्ने हुँदा त्यसको प्रभाव नेपाली बजारमा समेत पर्ने देखिन्छ ।

यस्तै उनले ४० हजार डलर माथिका सवारी साधनहरुको इम्पोर्ट ड्युटी ६० प्रतिशतबाट बढाएर ७० प्रतिशत पु¥याएकी छिन् । यो सर्त विद्युतीय र पेट्रोल इन्जिन भएका सबैखाले सवारी साधनमा लागु हुने छ । जसकारण आगामी समयमा कारहरुको मूल्य बढ्ने निश्चित छ ।

निर्मला सीतारमणले आयातित सुनको इम्पोर्ट ड्युटी समेत बढाएकी छिन् जसकारण सुन र प्लाटिनमको मूल्य पनि बढ्ने देखिन्छ।

सुनको भन्सार दरमा वृद्धि गरेता पनि चाँदीमा भने कमी गरेकी छिन् जसकारण चाँदीको मूल्यमा कमी आउने देखिन्छ । यस्तै आयातित कार, साइकल, झ्याल, ढोका, किचनको चिमनी र विदेशी खेलौनाहरुको भन्सार दर पनि वृद्धि गरेकी छिन्।

तर उनले मोबाइल फोन, क्यामेराको लेन्स, एलईडी टिभी, विद्युतीय चिमनी, लिथियम ब्याट्रीको भन्सार दर घटाएकी छिन् ।

नेपालीहरुले प्रयोग गर्ने मोबाइल फोन भारतीय नाका हुँदै आयात हुने हुँदा आगामी समयमा मोबाइल फोनको मूल्य घट्ने देखिन्छ भने विद्युतीय कारहरुको मूल्य बढ्ने छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०७९, बिहीबार  १३ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।