नेपाली बजारमा सुनको मूल्य हालसम्मकै सर्वाधिक उचाईमा पुगेर नयाँ रेकर्ड बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
सुनको मूल्य एकैदिन तोलामा १२ सय रुपैयाँले बढेको हो । बुधबार सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १९५३.४९ डलर पुगेको छ। चाँदी प्रतिऔंस २४.१८ डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढावअनुसार नेपालमा महासंघले सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ ।
प्रतिक्रिया