समता घरेलु लघुवित्तको कुल १८ प्रतिशत लाभांश घोषणा

नोटबजार संवाददाता
काठमाण्डौं ।
२२माघ, २०७९, आईतवार / Feb 05, 2023 11:55:am

समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको कुल १८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार १९२ रुपैयाँ छ । जसको कुल १८ प्रतिशतले हुन आउने ६ करोड १६ लाख ९३ हजार ९५४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने जनाएको छ ।

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने ५ करोड १४ लाख ११ हजार ६२८ रुपैयाँ बराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने १ करोड २ लाख ८३ हजार ३२५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

लघुवित्तको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

साविक समता लघुवित्त र साविक घरेलु लघुवित्त बीच मर्जर भएको दुई वर्ष नपुगेको कारण हाल लाभांश कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याएको कम्पनीले जानकारी गराएको छ । यद्यपि २०७८ बैंशाख २ गतेपछि सेयर खरिद गर्ने सेयरधनीले लाभांश कर नियमानुसार भुक्तानी गर्नुपर्ने छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments