महालक्ष्मी लाइफको खुद बीमाशुल्क करिब ७४ करोड, नाफामा ३५ प्रतिशतको बढोत्तरी

नोटबजार संवाददाता ।
काठमाण्डौं ।
२७माघ, २०७९, शुक्रबार / Feb 10, 2023 10:16:am

महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७३ करोड ७७ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ८.६२ प्रतिशत धेरै हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६७ करोड ९१ लाख ५१ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा७ करोड १८ लाख ७३ हजार रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ३० लाख रूपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा ३५.३८ प्रतिशतले बढेको हो ।

पुससम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १३ करोड २२ लाख रूपैयाँ, बीमालेख धितोमा २६ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरी १ करोड १६ लाख रूपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पुँजी ५० प्रतिशतले वृद्धि हुँदा २ अर्ब १० करोड रुपैयाँ कायम भएको छ । कम्पनीको जगेडा कोषको आकार ६०.७० प्रतिशत बढेर ३२ करोड ५९ लाख ३९ हजार रूपैयाँको उचाईमा पुगेको छ । यस्तै जीवन बीमा कोष ५६.४३ प्रतिशत बढेर २ अर्ब ७१ करोड ७९ लाख १ हजार रुपैयाँ कायम हुँदा महाविपत्ती कोष ४४.४९ प्रतिशत बढेर ३ करोड ७४ लाख ४४ हजार रुपैयाँ सञ्चित छ ।

कम्पनीले पुसससम्म ४५ हजार ५२६ वटा बीमालेख जारी गरी ७५ करोड ५७ लाख ६ हजार रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा इन्स्योरेन्सले ९७८ वटा बीमा दाबी वापत १० करोड ८१ लाख ६५ हजार रूपैयाँ भुक्तानी गरेको छ भने १२१ वटा बीमा दाबी वापत २५ लाख ६३ हजार रूपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनी प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जर सम्झौताको प्रकृयामा रहेको छ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments